बिहीबार, भदौ ४, २०८३

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा २८ वर्षीय पुरुषको मृत्यु

कञ्चनपुरमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

कञ्चनपुर- कञ्चनपुरमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा बेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो।

बडुवालले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए।

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षीया गरिमा महता घाइते भएकी छन्।

उनको अवस्था सामान्य रहेको छ। ट्याक्टर र चालक कृष्णपुर– ८ का ४२ वर्षिय वीरसिंह महरालाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 01, 2023| 11:44 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्