बिहीबार, भदौ ४, २०८३

चोरीको सामानसहित चार जना पक्राउ

पोखरामा सामान चोरी गर्ने चार जना युवक पक्राउ परेका छन्।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

पोखरा- पोखरामा सामान चोरी गर्ने चार जना युवक पक्राउ परेका छन्। कास्की पोखरा महानगरपालिका-१६ दीपस्थित सडकबाट शंकास्पद अवस्थामा हिँडिरहेका चार जनालाई प्रहरीले १५ वैशाखमा पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले धादिङ त्रिपुरा सुन्दरी नगरपालिका २ सल्यानटार स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २१ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो। यस्तै पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ काहुँडाँडा बस्ने वर्ष २४ को बिनोद परियार, गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका १३ मियापाटन बस्ने ३१ वर्षीय राजकुमार नेपाली र कास्की पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटन बस्ने वर्ष २५ को अर्जुन नेपाली रहेका छन्।

पक्राउ परेका युवकको खानतलासी तथा सोधपुछ गर्दा उनीहरूले भिरेको झोलामा ल्याप्टप एक थान, किबोर्ड एक थान, माउस एक थान, चार्जर एक थान विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी) का बोत्तल ११ थान, पहेँलो तथा निलो रंगका रेडबुल १५ थान, चुरोट ७ बट्टा, बिभिन्न कम्पनीका मोवाईल ४ थान, फलामको छड १ थान समेत फेला परेको र पछी उनिहरुले चोरी गरेको ग ५ प २७३५ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: May 01, 2023| 11:05 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्