बिहीबार, भदौ ४, २०८३

वैशाख ३ देखि बेपत्ता आमा-छोरा अझै फेला परेनन्

बेपत्ता भएको १५ दिन वित्दा पनि आमा छोरा अझैँ फेला पर्न सकेका छैनन्।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

तनहुँ- बेपत्ता भएको १५ दिन वित्दा पनि आमा छोरा अझैँ फेला पर्न सकेका छैनन्।

ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ वर्षीय छोरा लप्सन विक अझैँ फेला पर्न नसकेका हुन्।

राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहानदेखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपारेपछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएका छन्।

भारतमा रोजगारी गर्दै आएका श्रीमान् लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर सुनेपछि घर फर्किएका थिए। आफन्तलगायत सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएको उनले बताए।

प्रकाशित: May 01, 2023| 10:17 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्