आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'नाई नभन्नु ल' को छैटौं श्रृंखला रुचाएनन् दर्शकले

 |  सोमबार, वैशाख १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’। पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो। बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित भए।

triton college

त्यसपछि यसको शृङ्खला बन्ने क्रम अगाडि बढ्दै गयो। यसकै छैटौँ श्रृङ्खला गत वैशाख १ गतेदेखि प्रदर्शनरत छ। बालप्रेममा केन्द्रित रहने विषयवस्तुलाई यसपटक वयस्कमा पुर्याइएको छ। तर, शृङ्खला अगाडि बढ्दै गर्दा निर्देशक विकासराज आचार्यले कमजोरी रहेको बताएका छन्।

गीत सङ्गीतमार्फत सफल बनिरहेको ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खलाको गीत दर्शकलाई याद छैन। त्यसको प्रभाव चलचित्र भवनमा देखिएको छ। चलचित्र भवनमा न्यून ‘सो’ पाएको चलचित्रको व्यापार पनि उस्तै छ। गीत सङ्गीत र कथाले दर्शकलाई आकर्षित गर्न सकेको छैन।

भुल्ने रोग (एमेन्सिया) लाई आधार बनाएर तयार गरिएको चलचित्र ऋतु (आँचल शर्मा) को वरपर घुमेको छ। प्रेम सम्बन्धका लागि शिशिर (आशीर्वाद क्षत्री) ले गरेको त्याग, तपस्या र द्वन्द्व नै मुख्य कथा हो। ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै विषयवस्तु हो। 

भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला ? यही जिज्ञासालाई कथामार्फत मेटाउन खोजिएको छ। घिसिपिटी पुरानै शैलीको प्रस्तुतिले दर्शकलाई चलचित्र भवनमा आनन्दित पार्दैन।

Metro Mart
vianet

निर्देशक आचार्यले चलचित्रको पटकथा पत्रकार सामीप्यराज तिमल्सेना र अरुणदेव जोशीसँगको सहकार्यमा तयार पारेका हुन्। चलचित्रमा बालकलाकार एविलिना खड्का, अथर्व लुइँटेल उप्रेती, आयुष गुरागाईं, योगिशा खत्री, एन्जेल राई र अनुभव रेग्मीले अभिनय गरेका छन्। यसमा कलाकार केकी अधिकारी, प्रियङ्का कार्की, सरोज खनाललाई केवल पारिवारिक चरित्रको रूपमा मात्र चित्रण गरिएको छ। 

यो चलचित्र प्रदर्शन भएसँगै निर्देशक आचार्यले सातौँ शृङ्खला बन्ने सङ्केत गरेका छन्। उनले चलचित्रको अन्त्यमा अभिनेत्री स्वस्तिमा खड्कामार्फत कथा अगाडि बढ्ने दृश्य राखेका छन्। 'दर्शकको रूचिअनुसार नै सातौँ शृङ्खलाको काम अगाडि बढ्ने छ। अहिले प्रदर्शनरत चलचित्रको प्रतिक्रिया हाम्रो लागि मार्गनिर्देश हुनेछ', निर्देशक आचार्यले भने।

प्रकाशित: May 01, 2023| 06:50 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्