काठमाडौं- प्रहरीले दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २७ वर्षीय सञ्जय रेग्मी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
उनी रोजगारीका लागि दुबई पठाइदिने भन्दै ३५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए।