बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मृतक नर्सका आफन्तले दिए डाक्टरविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी

मृतक नर्सका आफन्तले दिए डाक्टरविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- बोहराटारमा मृत भेटिएकी वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठका आफन्तले डाक्टर सुजन ढकालविरूद्ध आत्महत्या दुरूत्सानमा जाहेरी दिएका छन्।

श्रेष्ठ शनिबार बोहराटारमा रहेको डाक्टर ढकालको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

उनले छोडेको सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध जाहेरी दिएका हुन्। सुसाइड नोटमा श्रेष्ठले आफूहरू ४ वर्षदएवल प्रेम सम्बन्धमा रहेको तर ढकालले विवाह गर्न नमानेकाले आत्महत्या गर्न बाध्य भएको आशय व्यक्त गरेकी थिइन्।

अदालतबाट पक्राउ पुर्जी लिएर ढकाललाई पक्राउ गर्ने प्रहरीको तयारी छ। ढकाल विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत छन्।  
 

प्रकाशित: Apr 30, 2023| 16:52 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्