बिहीबार, भदौ ४, २०८३

नेवानिको नियमित उडानबाट स्वदेश फर्किंदै राष्ट्रपति पौडेल

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज राति नेपाल वायुसेवा निगमको जहाजबाट स्वदेश फर्किने भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते निजी एयरलाइन्सको जहाज चार्टर गरेर भारत गएका राष्ट्रपति राष्ट्रिय ध्वजावाहकको नियमित उडानबाट फर्किन लागेका हुन्। वैशाख ५ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका पौडेललाई भोलिपल्टै भारत लगेर एम्समा भर्ना गरिएको थियो।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी आज नै अस्पतालबाट डिस्चार्ज भएका छन्। उपचारमा संलग्न चिकित्सकले अझै केही हप्ता आराम गर्न सुझाव दिएका छन्।

प्रकाशित: Apr 30, 2023| 15:06 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्