काठमाडौं– नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुने भएका छन्।
मन्त्री साउद चार्ल्स तृतीयको राज्याभिषेकका लागि २१ वैशाखमा बेलायत जाने मिति तय भएको परराष्ट्र मन्त्रालयले जनाएको हो।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सहभागिता जनाउने भनिएको थियो। दिल्ली उपचारपछि आजै स्वदेश फर्कन लागेका पौडेल स्वास्थ्यका कारण सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन्।
चार्ल्स तृतीयको राज्याभिषेक २३ वैशाखमा हुनेछ।