काठमाडौं- चन्द्रागिरि नगरपालिकाका उपभोक्ताले खानेपानी नपाएपछि रित्ता गाग्रीसहित नगरपालिका कार्यालयमा प्रदर्शन गरेका छन्।
उनीहरूले कार्यालय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
पानीको हाहाकार भएपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको उपभोक्ताको भनाइ द्छ। सुख्खा याम लागेसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव बढेको छ।