काठमाडौं– अनुसन्धान, नवप्रवर्तन र आविष्कार क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै तीन दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले वार्ता सुरु गरेको छ।
सडकमै रातभर सुतेर धर्ना दिइरहेका पुनलाई समाजको विभिन्न तह र तप्काबाट ठूलो समर्थन जुटेपछि सरकार वार्तामा बोलाउन बाध्य भएको हो।
पुनले चारबुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भइरहेको वार्तामा कानुनमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधान एवं रक्षामन्त्री पूर्ण खड्का र पुनलगायतका अभियन्ता सहभागी छन्। महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ता पनि सहभागी छन्।