बिहीबार, भदौ ४, २०८३

वन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परेर चालू आवको चैत मसान्तसम्म ९ जनाले ज्यान गुमाएका हुन्।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालू आर्थिक वर्षको चैत मसान्तसम्म ९ जनाको ज्यान गएको छ।

यीमध्ये ६ जनाको निकुञ्ज क्षेत्र र तीन जनाको डिभिजन वन क्षेत्रमा मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका हुन्।

तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई जना गैंडाको आक्रमणबाट, तीन जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ। अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो।

डिभिजन वन क्षेत्रमा बँदेल, गैंडा, बाघलगायतका जनावरको आक्रमणबाट मृत्यु भएको उनले बताए। चालू आवमा गम्भीर घाइते १२ जना, सामान्य घाइते १५ जना रहेको उनको भनाइ छ।

उनका अनुसार वन्यजन्तुकै कारण पशुधन क्षति १२३, भण्डारण गरिएको अन्नको क्षति ६ पटक, घरगोठमा क्षति १७ वटा, अन्नबालीमा क्षति २४० पटक भएको छ। निकुञ्जले चालु आवमा क्षतिको राहतस्वरुप १ करोड ५० लाख ७१ हजार १११ रुपैयाँ बुझाएको उनले बताए।

प्रकाशित: Apr 30, 2023| 14:24 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्