सोमबार, असार २९, २०८३

हवाई उडान प्रभावित

लगातारको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं– लगातारको झरीका कारण मौसम प्रतिकूल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ।

लगातारको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले बताएको हो। 

प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन नसकेको र अन्तर्राष्ट्रिय उडानका केही विमान अकासमै होल्ड भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

श्रीलंकाको कोलम्बोबाट काठमाडौं आएको श्रीलंकन एयरलाइन्सको जहाज आधा घन्टादेखि अकासमा होल्ड भएको छ। मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाज पनि अहिले सिमरामाथिको अकासमा होल्ड भएको तिवारीले बताए।

प्रतिकूल मौसमकै कारण आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ । वर्षाकै कारण शनिबार दिउँसोदेखि राती अबेरसम्म हवाई उडान प्रभावित भएका थिए।

यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानका साथै कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले उपत्यकामा वर्षा भइरहेको छ।

प्रकाशित: Apr 30, 2023| 13:17 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्