काठमाडौं– पछिल्लो समय नेपाली समाजमा व्यापार, व्यवसाय, नोकरी, मायाप्रेम, ऋणधनलगायतमा असफलता भोग्नेहरुले आत्महत्याको बाटो पछ्याउने क्रम बढिरहेको छ। केही महिनाअघि राजधानी काठमाडौंमै इलामका प्रेम आचार्यले आत्मदाह गरेका थिए।
आइतबार काठमाडौंमा एक नर्सले बिहे गर्न नमानेपछि प्रेमी डाक्टरको घरमै पुगेका आत्महत्या गरेकी छन्। वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ति बाल अस्पतालका डा. सुजन ढकालको घरमा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए।
मायाप्रेममा रहेका सुजनले विवाह गर्न नमानेपछि श्रेष्ठले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरीले प्रेमी ढकालको बोहराटारस्थित घरमा मृत भेटिएकी श्रेष्ठको सुसाइड नोट फेला परेको छ। घटनाबारे प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको बताइएको छ।