ओखलढुङ्गा- ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। शनिबार अपराह्न बर्सात सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोप डाँडाकी ५७ बर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको हो।
घरभित्रै बसिरहनु भएकी बुढाथोकीलाई चट्याङ लागेर गम्भीर घाइते बनाएको थियो। उपचारको लागि रामेछापको मन्थली अस्पतालमा लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।