बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

यी गीत जसले दशैंको महत्‍व दर्शाउँछन्

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- नेपालीहरुको महान चाड दशैंको रौनक गाउँसहर जताततै छाएको छ। दशैंको पर्याय बनेको मालश्री धुनसँगै विभिन्न गीत संगीतले पनि दशैंको रौनकतालाई थप बढावा दिने गरेका छन। 

वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ दशैंमा घर आउन नपाएको, सुरक्षा निकायमा काम गर्ने (नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी)का जवान घर फर्कन नपाउने पीडा झल्कने गीतले सबैलाई भावुक बनाउँछ।

पीर र वेदनाका कुराले बढी छुने भएकाले पनि दशैंका गीतमा पीडा मिसिँदा सबैको मनमा गुञ्जिरहेका पनि हुन्छन्। तर, दशैंमा रमाइलो गर्ने गीतसंगीतको पनि कमी छैन। जुन गीत नेपथ्यमा बज्दा पनि हामीलाई दशैंको झल्को आउँछ। अनि बाल्यकालदेखि अहिलेसम्मको दशैंको संस्कार, संस्कृति र परम्परालाई पुनरावलोकन गराई दिन्छ। 

हामीले नेपालीको दशैंलाई झल्काउने केही गीतलाई समेटेका छौं। 

जमरा र रातो टिका पिङको मौसम आयो 
मान्यजनको आशिष लिने बडा दशैं आयो



सरु गौतम र टंक बुढाथोकीको स्वर रहेको यो भिडियोलाई नेपाली दर्शकले धेरै मनपराएको पाइन्छ। यो गीतको भिडियोमा दशैंमा लगाईने टिका, जमरा र पिङको महत्वलाई गीतमार्फत सार्वजनिक गरिएको छ। 

टंक र सरु मात्रै होईन। नेपालमा धेरै गायक गायिका छन्, जसले दशैं, तिहार, तीज जस्ता परम्परागत पर्वको गीतमार्फत झन अब्बल बनाइदिन्छन्। 

रातो टीका जमरा लाउने हो 
तिमीसंग पिङ खेल्न आउने हो
सम्झिदा मन रुन्छ, अरु मलाई चाहिदैन केही पनि
यो दशैंमा भेटन पाए पुग्छ ...


खुमन अधिकारी र संगीता थापाको स्वर रेहेको यो भिडियोलाई पनि दर्शकले मन पराएका छन्। प्राय त काम विशेषले घर बाहिर रहेका तर, दशंै तिहार जस्ता पर्वमा घर जान नपाएकाहरुलाई यस्ता गीतले आकर्षित गर्ने गरेको छ ।

श्रीदेवी देबकोटा, कुलेन्द्र विक, विष्णु माझी, प्रविन घर्ती मगर मुना थापालगायतका गायक गायिकाले दशैं सम्बन्धी गीत गाएका छन्।  ती गीतको भिडियो समेत निर्माण गरिएको छ र पछिल्ला समय यस्ता भिडियो स्वदेश र विदेशमा बस्ने नेपालीले मन पराउदै आएका छन् ।



गाउँको न्यास्रो मेटन लोक भिडियो 

दशैं साँस्कृतिक चाडको रुपमा विकास हुँदै गएपनि मौलिकता हराउँदै गएको भन्दै चिन्ता गर्नेहरु पनि छन्। पीङ दशैंसँग सम्बन्धित महत्वपूर्ण मनोरञ्जन सामग्री हा । पीङलाइ दशैंैको बिम्ब मान्दा पनि फरक पर्दैन। अझै पनि कतिपय गाउँमा यस्तो संस्कार छ । 

टिकाको दिन एकै छिन भएपनि पिङमा बसेर धर्ती छाड्नै पर्छ भन्नेमा बच्चादेखि बृद्धहरु समेत छन । दशंैमा पिङ खेलेर रमाईलो गर्ने भएपनि अहिले पिङ हाल्ने काममा आम मान्छे अल्छि हुँदै गएका छन् । 

तर, लोकगीतसँग सम्बन्धित दशैंै गितका भिडियोेमा मौलिक गाउँ मात्रै दखिदैन, गाउँमा मनाईने दशैंको एउटा सिंगो पाटो देखाईएको हुन्छ। भलै अहिले धेरै गाउँमा रोटे पिङ लोप भइसके। डोरी पिङ पनि सिमित हुँदै गएको बेला लोकगीतका भिडियो निर्देशकले कम्तिमा धर्म निर्वाह गरेका छन् अहिलेसम्म। गाउँमा नदेखेपनि भिडियोमा देखिन्छ रोटे पिङ, जाँते पीङ र दसैंमै हुने जात्राका सन्दर्भ पनि।

विदेश जानेको पीडा 

रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको प्रभाव भिडियो निर्माणमा समेत देखिएको छ। श्रीदेबी देवकोटा र कुलेन्द्र विकको स्वर रहेको यो दशंैमा आउदैनौ जस्तो छ ...बोलको गीत र भिडियोमा वैैदेशिक रोजगारीमा गएकाहरुको यथार्थ प्रस्तुत गरिएको छ।

श्रीदेबी मात्रै हैन रमेशराज भट्टराई र देवी घर्तीको परदेशको दशैं बोलको गीतमा पनि विदेशमा बसेको छोरो नेपालमा आउन नपाउँदा बाबु आमालाई पीडा भएको प्रसंग प्रस्तुत गरिएको छ ।



छोरो विदेशमा गएको, बाबु आमालाई पैसा पठाएको। श्रीमतीले श्रीमानलाई सम्झेको, छोरा छोरीले बा आउछन् कि भन्दै बाटो हेरका जस्ता प्रसंग दशंै गीतमा समेटिएको छ। 

जो वैैदेशिक रोजगारमा गएका छन् उनीहरुले त्यही भिडियो हेरेर घरको याद गर्नेछन् भने, घरमा हुनेहरुलाई पनि त्यस्ता भिडियोले विदेशिएकाहरुको सम्झना गराउँछ।

पीडा र गरिबीका कुरा धेरै 

दशैंलाई हुने खाने र हुँदा खाने दुवै वर्गले उत्तिकै श्रद्धापूर्वक मनाउँछन्। हुने खानेलाई खासै समस्या नहोला तर, हुँदा खानेलाई भने यहि दशैं दशा बनेर आउने गरेको छ। पूर्णकला बिसी, विष्णु खतिवडाका गीतमा देशमा महंगी बढेको, साहुले ऋण नदिएर पर्व मान्न नपाएको जस्ता कुरा समेटिएको छन्।

राजेन्द्र कणेल र टिका पुनले  ए दशै तिहार शीर्षकमा घरको भत्केको भित्तो, खाने कुराको अभाव, ऋणले थिचिएको जीवन जस्ता प्रसंग समेटेका छन्। एकनारायण भण्डारीले पापी हाकिमले छुट्टि नदिएको भन्दै दशैंमा घर जान नपाएको दुख पोखेका छन्। 



फौजीका गीत 

सेना, प्रहरी लगायत सुरक्षा निकायमा कार्यरतले कुनै पनि पर्वमा सहजै छुट्टी पाउदैनन्। चाडपर्वमा घर जान नपाउनुको पिडा प्रहरीले पनि भिडियो मार्फत प्रस्तुत गर्ने गरेका छन्। सेना र प्रहरी मध्ये यस किसिमको भिडियो बनाउने काममा शसस्त्र प्रहरी सबैभन्दा अगाडी छ।

सशस्त्र प्रहरीले दशैं लक्षित गीत र भिडियो निर्माण गरेको पाइन्छ। वार्षिक उत्सव र दशंै तिहारजस्ता पर्वमा गरिएको कार्यक्रमलाई खिचेर पनि भिडियो बनाउने गरेको छ।

घर आउन नपाउनेलाई राहत

कुनै समय यस्तो पनि थियो, स्वदेशभित्रै एउटा ठाउँवाट अर्को ठाउँमा पठाएको चिठी पुग्न महिनौ लाग्थ्या । विदेशवाट आउने चिठी पाउन त्यो भन्दा पनि धेरै समय लाग्थ्यो। 

त्यस्तो अवस्थामा घर परिवार वा आफन्तको मुहार देख्न पाउन निकै टाढाको कुरा हुन्थ्यो । तर, अहिले यति सजिलो छ। उस्तै पर्‍यो भने घरमा भएका सबै गतिविधीको भिडियो हेर्न मिल्छ विदेशमा बसेर। जो दशैंैं तिहार जस्ता पर्वमा घर जान पाउँदैनन्, तिनका लागि दशैंंै तिहार र तिज भिडियो एकखालको वरदान सावित भएका छन् ।


त्यस्तै गायक सुराच प्रसाईले दशैं, तिहारको पुर्वसन्ध्यामा नयाँ भिडियो सार्वजनिक गरेका छन्। दशै तिहारमा घर आउन नपाउदा परदेशमा रहेका नेपालीहरुको भावनालाई गायक प्रसाईले गीतमा उतारेका छन। गायक सुराच प्रसाईकै शब्द संगीत रहेको गीतलाई बिभोर पाखेरेलले निर्देशन गरेका छन भने भिडियोमा सम्पदा बानियाको अभिनय छ। 

नेपालीहरुको महान चाड बडा दशैं नजिकिदै गर्दा सार्वजनिक गरिएको यस भिडियोले सम्पुर्ण नेपालीहरुको मन जित्नेमा गायक प्रसाई विश्वस्त छन । वैैदेशिक रोजगारीको सिलसिला, अध्ययन र पिआर लिएर लाखौं नेपाली देश तथा विदेशमा बसोबास गर्दै आएका छन।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्