बिहीबार, भदौ ४, २०८३

मौसम सुधार हुन कति दिन लाग्ला?

केही दिन यता काठमाडौं उपत्यका सहित देशभर पानी परिरहेको छ।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- केही दिन यता काठमाडौं उपत्यका सहित देशभर पानी परिरहेको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण पानी परेको मौसमविद्हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ।

आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ। लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको छ।

सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई-मधेशका एक-दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मौसम बदली हुने छ। मंगलबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बुधबारबाट भने क्रमिक रूपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

मौसम बदलीसँगै चट्याङ र हावाहुरीको सम्भावना भएकोले यसबाट जोगिन महाशाखाले सतर्क हुन सचेतसमेत गराएको छ।

प्रकाशित: Apr 30, 2023| 08:40 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्