बिहीबार, भदौ ४, २०८३

सिन्धुलीमा कार दुर्घटना : दुईको मृत्यु, एक घाइते

सिन्धुलीमा आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। 
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

सिन्धुली- सिन्धुलीमा आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। 

बनेपा-सिन्धुली-बर्दिबास-(विपि) राजमार्ग अन्तरगत कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङमा बा८च ५१३५ नम्बरको कार दुर्घटना भएको हो। दुर्घटनामा एक पुरूष र एक महिलाको ज्यान गएको छ। 

उनीहरूको पहिचान हुन सकेको छैन। घाइते पुरूषलाई प्रहरी र स्थानीयले उद्धार गरेर सिन्धुली अस्पतालतर्फ पठाएको सिन्धुली प्रहरीले जनाएको छ।

मृतक दुबैको घटना स्थलमै मृत्यु भएको हो। कार सडकबाट करिब २० मिटर तल खसेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 30, 2023| 08:30 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्