बिहीबार, भदौ ४, २०८३

भिरबाट लडेर अछाममा ३५ वर्षीय पुरुषको मृत्यु

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

धनगढी- अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षिय याम ढोलीको भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले बताएको छ। 

अछाम प्रहरीका अनुसार उनी शनिवार सैनबजारबाट बलाता जाँदै थिए। नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन्। उनको पोष्टमाटमपछि शव आफन्ताको जिम्मा लगाइएको छ। 

प्रकाशित: Apr 30, 2023| 08:15 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्