काठमाडौं- काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताएकी छन्। आज काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ।
काठमाडौं उपत्यकामा दिउँसो पछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा काठमाडौं उपत्यकामा भएको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।