बिहीबार, भदौ ४, २०८३

कस्तो छ राष्ट्रपतिको स्वास्थ्य?

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा राम्रो सुधार आएको छ।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा राम्रो सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा उलेख्य सुधार आएको हो।

दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिको स्वास्थ्यमा राम्रो सुधार भएकाले आज आइतबार डिस्चार्ज हुने सम्भावना रहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलि (आइतबार) सम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्।’

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए।

प्रकाशित: Apr 30, 2023| 06:38 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्