बिहीबार, भदौ ४, २०८३

स्थानीयसँगै पश्चिमी वायु सक्रिय, आज पनि पानी पर्ने

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो।
 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं उपत्यकामा आज आइतबार पनि वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको हो। अझै दुई दिन वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो। रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ। आज र भोलि पनि वर्षाको सम्भावना छ।

प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघ गर्जन र चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद्को भनाइ छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
 

प्रकाशित: Apr 30, 2023| 06:11 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्