बिहीबार, भदौ ४, २०८३

कपनकी नीरा पाण्डेको हत्या आरोपमा एकजना पक्राउ

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- कपनकी नीरा पाण्डे आचार्यको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने झापाको मेचीनगरका ३६ वर्षीय विनोद बिक हुन्।

उनी राजधानीकै एक क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको बताइएको छ। आफु डिप्रेसनमा रहेको प्रारम्भिक बयान उनले दिएका छन्।

काठमाडौंको कपन सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी नीराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।
 

प्रकाशित: Apr 30, 2023| 06:10 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्