बिहीबार, भदौ ४, २०८३

ईयूका देशमा भित्रिए ३ लाख ८४ हजार शरणार्थी

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

सन् २०२२ मा युरोपेली संघ (ईयू) का देशहरूले तीन लाख ८४ हजार २४५ शरणार्थीलाई सुरक्षाको व्यवस्था गरेका छन्। यो सन् २०२१ को दुई लाख ७५ हजार ४० बाट ४० प्रतिशतले वृद्धि हो। 

ईयूमा सन् २०२२ मा सुरक्षा प्रदान गरिएका तीन लाख ८४ हजार २४५ शरणार्थीमध्ये ४४ प्रतिशतले शरणार्थीको दर्जा, ३१ प्रतिशतले सहायक सुरक्षा र २५ प्रतिशतले मानवीय सुरक्षा पाएका छन्।

सन् २०२१ को तुलनामा शरणार्थीको सङ्ख्यामा २२ प्रतिशत, सहायक सुरक्षामा ४८ प्रतिशत र मानवीय सुरक्षामा ७२ प्रतिशतले वृद्धि भएको छ। 

यसमा सबैभन्दा बढी योगदान जर्मनीको रहेको छ। जर्मनीले ईयूको कूल योगदानको ४१ प्रतिशत अर्थात् एक लाख ५९ हजार ३६५ जनालाई सेवा पुर्याएको छ। 

त्यसैगरी, फ्रान्सले ४९ हजार ९९० अर्थात् १३ प्रतिशत, इटालीले ३९ हजार ६६० अर्थात् १० प्रतिशत र स्पेनले ३५ हजार ७६५ अर्थात् नौ प्रतिशत व्यक्तिलाई सुरक्षाको दर्जा दिइएको थियो। यी चार देशले संयुक्त रूपमा ईयू स्तरमा ७३ प्रतिशत सुरक्षा अनुरोधहरूलाई सेवा प्रदान गरे।

सन् २०२२ मा युरोपेली संघमा सुरक्षा प्राप्त गर्ने सबैभन्दा ठूलो समूह सिरियालीहरू थिए भने दोस्रो धेरै अफगानी थिए। ईयूमा सुरक्षा दर्जा प्राप्त गर्ने कूल सङ्ख्याको २९ प्रतिशत सिरियालीहरू रहेका थिए भने २३ प्रतिशत अफगानी र छ प्रतिशत भेनेजुयलाका नागरिक थिए। 
 

प्रकाशित: Apr 29, 2023| 18:47 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्