बिहीबार, भदौ ४, २०८३

काठमाडौं र ललितपुरमा दुईजना मृत फेला

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं महानगरपालिका-१४ कलंकी खसी बजार पुल मुनी रामेछाप पकरवास गाउँपालिका-५ घर भएकी ४५ वर्षीया मिठ्ठु भुजेल शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

ललितपुर, ललितपुर महानगरपालिका-१४ तिखिदेबल डेरा गरी बस्ने भोजपुर आमचोक घर भएका ३२ वर्षीय सिता राम राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका-१० झलारी बस्ने ४८ वर्षीय दान बहादुर चुनाराको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँस्थित लालपनिया खोलामा करेन्ट लगाई  माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 29, 2023| 22:05 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्