बिहीबार, भदौ ४, २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं- अछाम, मेल्लेख गाउँपालिका-६ स्थित सडकमा सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सु.प्र.प्र.०१००२ त २९९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा  ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ, कानेपोखरी गाउँपालिका-२ गेउरीयास्थित सडकमा प्र.१-०२-००१ ख ८६८४ नम्बरको टिपरले मे.४ प ६८६५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रंगेली नगरपालिका-८ बस्ने ३५ वर्षीय सुरेश दाहालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको आर्या न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काभ्रे, धुलिखेल नगरपालिका-९ पानीट्याङकीस्थित सडकमा बा.५ ख ५६२९ नम्बरको बसले बा.प्र.०२-०२९ प ०८४० नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका-११ बस्ने ३० वर्षीय विशेष तीवारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Apr 29, 2023| 21:37 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्