बिहीबार, भदौ ४, २०८३

युवा संघले जलायो प्रधानमन्त्रीको पुत्ला

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं- अयोग्य लडाकुलाई २-२ लाख दिने निर्णयविरूद्ध नेकपा एमाले निकट भ्रातृसंगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ। 

शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा दुई लाख दिन गृह मन्त्रालयको कार्यविधि खारेजीको माग राख्दै पुत्ला दहन गरेको हो। त्यसक्रममा उनीहरूले लडाकुको नाममा अर्बौं घोटाला गर्न खोजेको भन्दै सरकारविरूद्ध नाराबाजी गरेका थिए। 

अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको गर्ने चेतावनी युवा संघका अध्यक्ष क्षितिज थेबेले दिए। ‘आम नेपालीहरूको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बौं रकम खन्याउने, लडाकूको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौं घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ,’ उनले भने।

लडाकुलाई रकम दिन ल्याइएको कार्यविधि खारेज नभएसम्म आफूहरूले प्रदर्शन गर्ने समेत चेतावनी दिए।
 

प्रकाशित: Apr 29, 2023| 20:00 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्