शनिबार, असार १३, २०८३

क्रिकेट टोलीलाई सरकारले उचित सम्मान गर्छ: प्रधानमन्त्री

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेकोमा नेपाल सरकारले उचित सम्मान गर्ने बताएका छन्। 

National life

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको कुवेत विरूद्धको खेल रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेपछि प्रमको यस्तो भनाइ आएको हो। भारी वर्षाका कारण रद्द भएपछि नेपालले फाइनल खेल युएईसँग खेल्ने भएको हो। सुरूमा टस हारेर ब्याटिङ गरेको नेपालले २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर कुवेतले ब्याटिङ गरेको केहीबेरमै वर्षा हुन थालेको थियो। 

कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो। नेपालका लागि करण केसीले ५ विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए। त्यसपछि वर्षा हुन थालेपछि खेल हुन नसक्दा रद्द गरिएको थियो।

‘एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले हार्दिक बधाई व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ। 

अब उपाधिका लागि यूएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ। यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

Shivam cement

प्रकाशित: Apr 29, 2023| 19:30 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्