बिहीबार, भदौ ४, २०८३

भारी वर्षाले रुझ्यो काठमाडौं

राति पनि देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं- स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौंमा अपराह्नदेखि मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ। अहिले कोशी, वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा हुने सम्भावना छ।

आज राति पनि देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
 

प्रकाशित: Apr 29, 2023| 17:57 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्