बिहीबार, पुस १०, २०८२

वरिष्ठ साहित्यकार काइँला एक लाख राशिको पुरस्कारबाट सम्मानित

मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको उपप्रधानमन्त्री खड्काको तर्क।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं– नेपाली लेखक संघले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ। पुरस्कारको राशि १ लाख रहेको छ। शनिबार प्रथम लेखक दिवस अवसरमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका  हुन्। 

National life

कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए। ‘राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्त्वपूर्ण योगदान रह्यो’, उनले भने।

अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइँलाले गरेको योगदान बिर्सन नसकिने उनको भनाइ थियो। मुलुकमा देखिएको बेथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले देश र जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक परिवर्तनका लागि लेखेर लड्ने व्यक्तित्वका रुपमा काइँला रहेकाले स्रष्टाका तर्फबाट लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरेको स्मरण गरे। किरातीले लेखकमा सत्ता र शक्तिका लागि लेख्ने र जनताका लागि लेख्ने दुई खाले प्रवृत्ति देखिएको सुनाए। 

सम्मानित व्यक्तित्व काइँलाले दिवस अवसर पारेर लेखकलाई पुरस्कृत गर्न थालिनु सराहनीय काम भएको बताए। लेखक सधैंको प्रतिपक्ष हुनुपर्नेमा जोड दिँदै उनले प्रजातन्त्रका लागि लेखकको अत्यन्त ठूलो भूमिका रहेको औंल्याए।

Laxmi sunrise bank
kumari

कार्यक्रममा उपप्रधानमन्त्री खड्काले संघले प्रकाशन गरेको ‘लेखक’ पुस्तकको विमोचन गरे।

प्रकाशित: Apr 29, 2023| 16:31 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।