शनिबार, जेठ २, २०८३

एयर इन्डियाको विमान ‘ओभरसुट’

एयर इन्डियाको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको हो।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं– भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको विमानले ‘ओभरसुट’ गरेको छ। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा एयर इन्डियाको जहाजले  ओभरसुट गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका हुन्।

National life

प्रवक्ता सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोच’ भएकाले ओभरसुट गरिएको हो। ‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो। कहिलेकाहीं ‘एप्रोच प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, उनले भने।

यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ।

सिमरामाथिको अकासबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्।

प्रकाशित: Apr 29, 2023| 16:15 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्