शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक तथा वित्तीय संस्था नयाँ शोषकका अवतार : पर्यटनमन्त्री किराती

बैंक तथा वित्तीय संस्था नयाँ शोषकका अवतार : पर्यटनमन्त्री किराती

पहिलेका शोषक दौरासुरुवालसहित तमसुक बोकेर गाउँ पस्ने गरेका र अहिलेका नयाँ शोषक कम्प्युटर लिएर गाउँ जाने गरेको मन्त्री किरातीको आरोप।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं– पर्यटनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्था नयाँ शोषकका अवतारका रुपमा उदाएको दाबी गरेका छन्।

National life

शनिबार होटल एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले बैंक तथा वित्तीय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने गरेकाले नयाँ शोषक बनेको बताएका हुन्।

छोराछोरीलाई मोबाइल किन्न लिएको ऋण तिर्न गाउँले आमाहरुको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको उनले उल्लेख गरे।

पहिलेका शोषक दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेका र अहिलेका नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको मन्त्री किरातीले बताए। उनले सहरमा पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती बेहोर्नुपरेको सुनाए।

मन्त्री किरातीले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज घटाउन सक्ने अवस्था भने नरहेको उनले  बताए। ‘१२ कक्षा पढेपछि सबै विद्यार्थी विदेश जान्छन। १२ कक्षा पढेपछि विद्यार्थीहरु किन जान्छन् विदेश? पैसा छैन। बैंकलाई लगाइदिन्छ। पछि मिटरमा ब्याज लिन्छ। फेरि उसले पैसा फर्काएर लान्छ। कम्प्युटरवाला नयाँ शोषक महँगो ब्याज बोकेर गाउँ पसेको छ।’ 

मन्त्री किरातीले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएकाले यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासन दिए।

प्रकाशित: Apr 29, 2023| 13:59 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्