बिहीबार, भदौ ४, २०८३

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १३५ कर्मचारी

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राध्यापक, नर्सलगायत विभिन्न पदहरूमा १३५ जनशक्ति माग गरेको छ।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राध्यापक, नर्सलगायत विभिन्न पदहरूमा १३५ जनशक्ति माग गरेको छ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्रतिष्ठानले शुक्रबार आवेदन आह्वान गरेको हो।

आवेदन माग गरिएका पदहरूमा प्राध्यापक, सह–प्राध्यापक, सहायक प्राध्यापक, लेक्चरर, नर्सिङ सुपरभाइजर, स्टाफ नर्सलगायत छन्। सबैभन्दा धेरै जनशक्ति स्टाफ नर्स पदमा ५९ जना माग गरिएको छ।

प्रकाशित: Apr 29, 2023| 13:23 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्