बिहीबार, भदौ ४, २०८३

दिदी-बहिनीको हत्या आरोप लागेका दुई किशोरी सुधारगृह पठाइए

रुकुम पूर्वमा दिदी-बहिनीको हत्या आरोपित दुई किशोरी बाल सुधार गृहमा पठाइएका छन्।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

रुकुम- रुकुम पूर्वमा दिदी-बहिनीको हत्या आरोपित दुई किशोरी बाल सुधार गृहमा पठाइएका छन्।

पुथा उत्तरगंगा गाउँपालिका-३ का १० वर्षीया रिना र ८ वर्षीया कालीमाया बुढाको हत्या भएको थियो। उक्त घटनामा जिल्ला अदालत रूकुम पूर्वले शुक्रबार आरोपित दुई किशोरीलाई सुधार गृहमा पठाउन आदेश दिएको हो। 

जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जिता श्रेष्ठले हत्या आरोपित किशोरीहरू १५ वर्ष मुनिका भएकाले सुधार गृहमा पठाउन अदालतले आदेश दिएको बताइन्। उनीहरूलाई भक्तपुरको सुधार गृहमा पठाइएको हो। 

उमेर नपुगेका बालबच्चाले जघन्य अपराध गरे पनि उनीहरूलाई सुधार गृहमा राख्नुपर्ने कानुनी व्यवस्था छ। 

दिदीबहिनीले कान र नाकमा लगाएका सुनका गहना लुट्न हत्या गरेको प्रहरीसमक्ष बताएका थिए।

प्रकाशित: Apr 29, 2023| 12:52 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्