शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको बिजुली महसुल निःशुल्क गरेको हो।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

पोखरा– गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा शतप्रतिशत अनुदान दिने निर्णय गरेको छ।

National life

नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।

‘लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च हुने विद्युत्को महसुल पूर्ण रुपमा निःशुल्क गर्ने निर्णय भएको छ’, उनले भनिन्। 

यस्तै, यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियालाई छिटोछरितो बनाउन प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ। 

उक्त सेवालाई सहज बनाउन गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहित प्रतिवदेन पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। उक्त समितिले १५ दिनभित्र प्रतिवदेन पेस गर्नेछ।

प्रकाशित: Apr 29, 2023| 17:20 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्