बिहीबार, भदौ ४, २०८३

काठमाडौंमा वर्षा सुरु, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौंमा अहिले वर्षा जारी रहेको छ।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं- काठमाडौंमा अहिले वर्षा जारी रहेको छ। काठमाडौंको केही स्थानमा सामान्य वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौंमा आज घाम लाग्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज देशका धेरै ठाउँको मौसम बदली छ। 

गण्डकी प्रदेशका केही ठाउँमा पनि छिटपुट पानी परिरहेको छ। मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ। 

प्रकाशित: Apr 29, 2023| 11:36 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्