सोमबार, असार २९, २०८३

कस्तो रह्यो यो साता सुनको मूल्य?

यो साता पनि नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं- यो साता पनि नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको पहिलो दिन तोलामा ९०० रुपैयाँ घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको सुनको भाउ घटबढ हुँदै शुक्रबार १ लाख ९ हजार १०० रुपैयाँ तोकियो। अर्थात् समग्रमा साताभर सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ। 

सातामा सुनको भाउ सबैभन्दा बढी हुँदा तोलाको १ लाख ९ हजार ७०० रुपैयाँ कायम भयो भने सबैभन्दा कम हुँदा तोलाको १ लाख ९ हजार १०० तोकियो।  

साताको पहिलो दिन घटेको सुनको भाउले दोस्रो दिन पनि निरन्तरता पायो। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर १ लाख ९ हजार १०० रुपैयाँ कायम भयो।

मंगलबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेर १ लाख ९ हजार ५०० रुपैयाँ तोकियो। त्यसको भोलिपल्ट (बुधबार) पनि सुनको भाउमा वृद्धि रोकिएन। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँ बढ्दा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भयो। 

बिहीबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भयो। सुनको भाउ घट्ने क्रम शुक्रवार पनि कायमै रह्यो। उक्त दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो। 

सुनचाँदी व्यवसायी महासंघले शनिवार सुनचाँदीको मूल्य तोक्ने गरेको छैन। उक्त दिन शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने गरेको छ। 

 

प्रकाशित: Apr 29, 2023| 11:27 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्