बिहीबार, भदौ ४, २०८३

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सिदिङ्वा गाउँपालिका-६ का पूर्व वडाध्यक्षसमेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरीयाको मृत्यु भएको मृतकका भाइ गोपाल कडरियाले बताए। 

बेलुका करिब ९ बजे तीर ठुलो चट्याङ पर्‍यो। विजुली चम्किरहेको थियो सोही समयमा मृतक करडरिया खालि खुट्टामा बाहिर आगनमा निस्किएका बेला घर भित्र पस्ने बेलामा चट्याङ परेर उनलाई हुत्याएको थियो। चट्याङको करेन्ट लागेर शक्त घाइते भएका कररियाको एक घण्टापछि मृत्यु भएको बताइएको छ। कतै चोटघाउ भने देखिएको छैन भाइ गोपाल कडरियाले बताए। 

सो वडाका समाजसेविका रुपमा परिचित करडियाको शवलाई आज दिउँसो दाहसंस्कार गरिने बताइएको छ। तीनदिन अघि पनि मैवाखोलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको थियो।
 

प्रकाशित: Apr 29, 2023| 08:47 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्