शनिबार, जेठ ३, २०८२

'मिटर ब्याज सम्बन्धी उजुरी दिनू'

जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ।
 |  शनिबार, वैशाख १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

vianetvianet

धनगढी- जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।

भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ। वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको छ। 
 

प्रकाशित: Apr 29, 2023| 07:36 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्