बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निरा हत्याकाण्डबारे अनुसन्धान गर्न एआइजीको नेतृत्वमा ११ सदस्यीय छानबिन समिति गठन

निरा हत्याकाण्डबारे अनुसन्धान गर्न एआइजीको नेतृत्वमा ११ सदस्यीय छानबिन समिति गठन

कपनको सरस्वतीनगरमा भएको हत्याकाण्डबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ। 
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- कपनको सरस्वतीनगरमा भएको हत्याकाण्डबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ। 

वैशाख ७ गते भाँडा व्यवसायी निरा आचार्यको चक्कु प्रहारबाट भएको हत्याबारे अनुसन्धान गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले जानकारी दिए। 

उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एआइजीको नेतृत्वमा समिति गठन गरिएको हो। 

समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र अन्य प्रहरी एसपी र डिएसपीसमेतको सहभागितामा उच्चस्तरको छानबिन समिति गठन गरिएको उनले बताए। 

प्रकाशित: Apr 28, 2023| 20:37 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्