काठमाडौं- नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो।
जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन्।

