बिहीबार, भदौ ४, २०८३

कञ्चनपुरमा नाबालिग करणी आरोपमा युवक पक्राउ 

नाबालिग करणी आरोपमा एक युवक पक्राउ परेका छन्।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

धनगढी- नाबालिग करणी आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरकी एक १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २० वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। करणी  घटनामा ती युवकलाई सहयोग गरेको आशंकामा केही अन्य युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सत्यतत्य बुझ्ने काम भएको बताइएको छ।

बुधबार मध्यरातमा नाबालिगलाई आरोपित युवकले घर नजिकको खेतमा जबरजस्ती करणी गरेको भन्दै शुक्रबार उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पीडित परिवारले एक जना युवकविरुद्ध उजुरी दिएको बताइएको छ। भारतमा बस्दै आएकी ती नाबालिगा १२ वैशाखमा घर आएकी थिइन्। 

उनलाई गाँउकै एक युवकले राति घरबाटै लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ। पीडित र पिडक दुबैको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 28, 2023| 18:33 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्