बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • घूससहित समातिएका खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा

घूससहित समातिएका खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- सेवाग्राहीबाट घूस लिएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ढुंगेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो। 

ढुंगेलले अनुज्ञापत्रका लागि सेवाग्राहीसँग एक लाख ५० हजार घूस मागेको अख्तियारको दाबी छ। आयोगले ढुंगेललाई घूस रकमसहित नियन्त्रणमा लिएको थियो।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम घूस लिई भ्रष्टाचार गरेको आरोपमा उक्त रकम बराबरको बिगो दाबी गरेको छ। त्यस्तै, उक्त ऐनको दफा ३ बमोजिमको कैद र बिगो बराबरको जरिबाना माग गरिएको छ।
 

प्रकाशित: Apr 28, 2023| 17:40 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्