सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी केयर्सले लुम्बिनी विकास कोषलाई दियो विद्युतीय सवारी

लक्ष्मी केयर्सले लुम्बिनी विकास कोषलाई दियो विद्युतीय सवारी

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैरसरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ।

उक्त सवारीसाधन ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निःशुल्क यात्राको लागि प्रयोग हुनेछ। लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्वअध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रूपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्रलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन्।

लक्ष्मी केयर्सले नवीकरणीय ऊर्जा प्रवर्द्धन, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा छात्रा शिक्षालगायत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
 

प्रकाशित: Apr 28, 2023| 21:00 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्