शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल स्मार्ट प्लसबाट मौलाकाली केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

ग्लोबल स्मार्ट प्लसबाट मौलाकाली केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकाली केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट दिने भएको छ।

National life

बैँकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउने बैँकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकाली केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटको लागि योग्य हुनेछन्। बैँकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत् गरिने भुक्तानी प्रकृयालाई प्रवद्र्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको हो। यो छुट योजना सिमित अवधिको लागि रहने विज्ञप्तिमा जनाइएको छ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैँकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको जनाइएको छ। मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको बैँकले ३५७ शाखा कार्यालय, ३५७ एटीएम, ३२२ शाखारहित बैँकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवाप्रदान गरिरहेको बैँकले जनाएको छ।
 

प्रकाशित: Apr 28, 2023| 20:00 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्