शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा खुल्यो प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसको शाखा

नेपालमा खुल्यो प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसको शाखा

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं-  प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

National life

बुधबार उद्घाटन गरिएको शाखाको नाम भने प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेस नेपाल राखिएको छ। काठमाण्डौको व्यावसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेस पार्क थापाथलीको दोस्रो तल्लामा उक्त कार्यालयको मुख्यालय राखिएको छ।

आफ्ना सेवाग्राहीलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेसनल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो। यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ। सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माइग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ। कम्पनीले सन् २०२२–२३ मा शीर्ष–३ को माइग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२–२३ मै बेस्ट बिजनेस अवार्ड, सन् २०२२–२३ मै अस्ट्रेलियन स्मल बिजनेस च्याम्पियन फाइनलिस्ट, लोकल बिजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाइनलिस्ट अवार्ड प्राप्त गरेको छ।
 

प्रकाशित: Apr 28, 2023| 19:30 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्