शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंकबीच सम्झौता

लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंकबीच सम्झौता

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैँक लिमिटेड बीच एसएमएल इसुजुका स्कुल बस, रुट बस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ।

National life

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जेनरल मेनेजर गौरब कुमार तथा लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेसन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका थिए। उक्त सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरूले २०८० वैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ। 

एभरेष्ट बैँकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्सियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैँकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मूल्यको ७०% सम्म कर्जा लगानी गर्ने छ।

साथै, यस्तो कर्जा बढि मा ७ वर्ष सम्म को लागि उपलब्ध हुनेछ। साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैँकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिएका छन्। 

उक्त सम्झौता पश्चात् दुई संस्था बीचको व्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बिचार बैँकका डेपुटी जेनेरल मेनेजर गौरव कुमारले व्यक्त गरेका थिए। 

लक्ष्मी कमर्सियल भेहिकल्सका सबै शाखा कार्यालयहरू, डिलरहरूबाट एभरेष्ट बैँक सँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरूलाई आवश्यक ऋण लिने प्रक्रियामा सहजीकरण गरिने लक्ष्मी कमर्र्सियलका नेटवर्क हेड ईश्वर दहालले जानकारी दिएका छन्। 

प्रकाशित: Apr 28, 2023| 18:00 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्