बिहीबार, भदौ ४, २०८३

डीआईजी कुवेर कडायतलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

प्रवक्ता कडायतले नेपाल प्रहरीबाट सम्पादित जनसरोकारका विषयलाई सञ्चार माध्यममार्फत सम्प्रेषण गर्नेछन्।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं–  नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डीआइजी) कुवेर कडायत तोकिएका छन्।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम– कारबाहीलाई तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न डीआइजी कडायतलाई प्रवक्ता तोकिएको प्रहरी मुख्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

कडायत हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा बढुवा भएका थिए। उनी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए। कडायतले एसएसपी हुँदा पनि केही समय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी पोषराज पोखरेलको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएका छन्।

प्रकाशित: Apr 28, 2023| 14:46 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्