बिहीबार, भदौ ४, २०८३

ओलीलाई तेह्रथुममा पनि कालो झण्डा

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- कोशी प्रदेशको भ्रमणमा रहेका एमाले अध्यक्ष केपी ओली पहिचानवादीहरुको विरोध खेपिरहेका छन्।

हिजो बिहीबार गृहजिल्ला झापामा उनलाई पहिचानवादीले कालो झण्डा देखाउनुका साथै नाराबाजीसमेत गरेका थिए।

हिजो नै झापाबाट इलाम उक्लेका ओलीलाई त्यहाँ पनि कालो झण्डा देखाइयो। आज उनी जन्मथलो तेह्रथुमको आठराई पुगेका छन् र त्यहाँ पनि पहिचानवादीहरूले कालो झण्डा देखाएका छन्। तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न आठराई पुगेका ओलीलाई पहिचानवादी समूहले कालो झण्डा देखाएको हो। 

लिम्बु जातिको लोगो सिलाम साक्मा लगाएर गएका ओली शुक्रबार आठराई-५ छातेढुंगामा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका पहिचानवादी समूहले ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्। 

त्यसक्रममा एमालेका कार्यकर्ताहरुले नाराबाजी गर्दै पहिचानवादीको प्रतिकार गरेका थिए। कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका समूहलाई प्रहरीले लाठी चार्जसमेत गरेको थियो। 

शिक्षालय भवन उद्घाटनमा अध्यक्ष ओली दम्पतीसहित एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ आठराई पुगेका छन्।
 

प्रकाशित: Apr 28, 2023| 14:50 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्