बिहीबार, भदौ ४, २०८३

श्रीमतीको हत्या गरेका श्रीमान् १८ वर्षपछि पक्राउ

दर्जीलाई काठमाडौं महानगर–१७ क्षेत्रपाटी ढल्कु डेराबाट श्रीमती हत्याको १८ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको हो।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं– १८ वर्षअघि आफ्नै श्रीमतीको हत्या गरेर परिचय लुकाई बसेका अर्घाखाँची बलकोटका ५८ वर्षीय खुमे दर्जीलाई प्रहरीले पक्राउ गरेको छ।

दर्जीलाई काठमाडौं महानगर–१७ क्षेत्रपाटी ढल्कु डेराबाट श्रीमती हत्याको १८ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको हो। 

दर्जी रुपन्देही साविक दूधराक्ष गाविस–३ बुद्धनगरमा बसोबास गरेको अवस्थामा २४ मंसिर २०६१ मा कान्छी श्रीमती ४० वर्षीया राधिका दर्जीलाई मादक पदार्थ सेवन गरेको विषयमा चिर्पट प्रहार गरी हत्या गरी फरार थिए।

भारतको दिल्लीमा करिब ३ वर्ष काम गरी नेपाल आई काठमाडौं क्षेत्रपाटी ढल्कुमा वास्तविक पहिचान लुकाई दीपक रानाको नाममा लुकीछिपी बसेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटी ढल्कुबाट पक्राउ गरेको हो।

उनलाई थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 28, 2023| 13:44 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्