बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मिडियामा सूचना दिएको आरोपमा बर्खास्त सेनाका दुई क्याप्टेन पुनर्बहाली हुने

मिडियामा सूचना दिएको आरोपमा बर्खास्त सेनाका दुई क्याप्टेन पुनर्बहाली हुने

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- दुई वर्षअघि सेनाभित्रको आर्थिक अनियमितताबारे मिडियामा सूचना चुहाएको अभियोगमा जागिरबाट निकालिएका दुई सहसेनानी (क्याप्टेन) सेवामा पुनर्बहाली हुने भएका छन्।

नेपाली सेनाको तल्लो तहको समरी जनरल सैनिक अदालतको फैसला उल्ट्याउँदै सैनिक विशेष अदालतले सहसेनानीद्वय राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई सेवामा पुनर्बहाली गर्ने फैसला गरेको हो। 

जंगी अड्डाभित्र रहेको यस अदालतमा सिम्खडा र गुरुङको मुद्दामा पटक-पटक पेसी सर्दै आएको थियो। बिहीबार भएको सुनुवाइपछि उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पौड्याल, रक्षासचिव रणराज शर्मा र सेनाको प्राड विवाक प्रमुख रत्नप्रकाश थापा सदस्य रहेको सैनिक विशेष अदालतको तीन सदस्यीय इजलासले सिम्खडा र गुरुङलाई जागिरमा फर्काउने फैसला गरेको हो। सेवामा पुनर्बहाली गरे पनि अदालतले उनीहरूलाई पाँच वर्ष बढुवा रोक्का गर्ने फैसला गरेको छ।
सेनाभित्र भएको अनियमितताबारे कान्तिपुर टिभीलाई सूचना दिएको आरोपमा सेनाका दुई क्याप्टेनले जागिर गुमाएको खुलासा नेपाल समय डटकम अनलाइन पत्रिकाले गरेको थियो। दुई वर्षअघि अनिल यादवले नेपाल समयमा कंगो मिसन सिरिज अन्तर्गत यस विषयमा गहन रिपोर्टिङ गरेका थिए। सिरिजका स्टोरीहरु तलका लिंकमा क्लिक गरेर पढ्न सक्नुहुन्छ।
 

 

प्रकाशित: Apr 28, 2023| 12:55 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्